काठमाडौं : यूएईमा जारी १३ औँ सिजनको आईपीएलमा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्सलाई १ सय ११ को लक्ष्य दिएको छ। टस जितेर ब्याटिङको मौका पाएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११० रन बनायो।
उसका लागि कप्तान श्रेयस अय्यरलले २५, ऋषभ पन्तले २१, रविचन्द्रन आश्विन, कागिसो रबाडाले १२/१२, शिमरोन हेटमायरले ११, पृथ्वी शाले १० रन बनाए। बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।
बलिङमा ट्रेन्ट बोल्ट, जसप्रीत बुमराहले ३/३, नाथनकल्टर नाइल र राहुल चाहरले एक/एक विकेट लिए। मुम्बईले यस अघिनै प्लेअफमा स्थान पक्का गरिसकेको छ।
आजको जितले शीर्ष-२ स्थान पनि पक्का हुनेछ। दिल्लीले आज जित दर्ता गरेको खण्डमा प्ले-अफमा पुग्नेछ। प्लेअफ पुग्न दिल्लीलाई एउटा जित आवश्यक रहेको छ। आज र सोमबार बैंगलोरसंग पराजित भएको खण्डमा पनि नेट रन रेटमा प्लेअफ पुग्ने सम्भावना दिल्लीको बाँकी रहन्छ।
सन्दीप बेन्चमै सीमित
दिल्लीमा आवद्ध नेपाली लेगस्पिनर सन्दीप लामिछानेले आज पनि मौका पाउन असफल भएका छन्।
सन्दीपले मौका नपाएको यो लगातार १३ औँ खेल हो। सुरुवातमा टिमले उत्कृष्ट सुरुवात गर्दा विदेशी कोेटाबाट खेलेका खेलाडीले निरन्तर मौका पाए। जसकारण पनि यो सिजनमा सन्दीपले लगातार मौका पाउन असफल भएका छन् ।
सन्दीपको प्रदर्शन हेर्न तीव्र प्रतिक्षामा बसिररहेका उनका समर्थक जारी सिजनमा निराश छन् । सन्दीपलाई मौका नदिएको भन्दै उनका समर्थनले दिल्लीप्रति चर्को आक्रोश पनि पोखिरहेका छन् ।
दिल्लीले प्लेइङ ११ मा आज ३ खेलाडी परिर्वतन गरेको छ। उसले आजिक्य रहाणे, तुषार देशपाण्डे र अक्क्षर पटेललाई विश्राम दिँदै हर्षल पटेल, प्रवीण दुबे र पृथ्वी शालाई मौका दिएको छ।
यी तीनमध्ये दुबेको आज डेब्यू म्याच हो। उनी अमित मिश्राको स्थानमा दिल्लीमा जोडिएका थिए।
मुम्बईले आज प्लेइङ-११ मा दुई खेलाडी परिर्वतन गरेको छ। उसले जेम्स प्याटिन्सन र हार्दिक पाण्ड्यालाई विश्राम दिँदै नाथनकल्टर नाइल र जयन्त यादवलाई मौका दिएको छ।
मुम्बईको प्लेइङ - ११ : इशान किशन, क्विन्टन डिकक, सूर्यकुमार यादव, सौरभ तिवारी, जयन्त यादव, किरोन पोलार्ड (कप्तान), कृणाल पांड्या, नाथनकल्टर नाइल, राहुल चहार, ट्रेन्ट बोल्ट र जसप्रीत बुमराह।
दिल्लीको प्लेइङ - ११ : शिखर धवन, पृथ्वी शा, श्रेयस अय्यर (कप्तान), ऋषभ पन्त, शिमरोन हेटमायर, मार्कस स्टोइनिस, हर्षल पटेल, प्रवीण दुबे, रविचन्द्रन अश्विन, कागिसो रबाडा र एनरिक नोर्टजे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।