सन्दीप यो सिजन लगातार बेन्चमै थन्किए
सन्दीप यो सिजन लगातार बेन्चमै थन्किए
काठमाडौं : यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तरगत दिल्ली क्यापिटल्सले लगातार चौथो हार व्यहोरेको छ। दिल्लीलाई मुम्बई इण्डिइन्सले ९ विकेटले पराजित गरेको हो।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ११ रनको समान्य लक्ष्य मुम्बईले १४.२ ओभरमा १ विकेट गुमाएर भेट्टायो। यो हारसँगै प्लेअफ पुग्ने दिल्लीको योजनामा धक्का लागेको छ भने मुम्बई १८ अकंसहित समूह चरणको अंक तालिकाको शीर्ष स्थानमा रहेर प्लेअफ पक्का गरेको छ।
दिल्लीलाई प्लेअफ पुग्नका लागि आगामी खेलमा कुनै पनि हालतमा रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गर्नुपर्ने चुनौती आएको छ।
मुम्बईको जितमा इशान किशनले अविजित ७२ रनको अर्धशतकीय इनिङ्स खेल। क्विन्टन डिककले २६ र सूर्यकुमारले नटआउट १२ रन बनाए। बलिङमा दिल्लीका एकनरिक नोर्टजले एक विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको मौका पाएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १० रन मात्र बनाउन सक्यो।
उसका लागि कप्तान श्रेयस अय्यरलले २५, ऋषभ पन्तले २१, रविचन्द्रन आश्विन, कागिसो रबाडाले १२र१२, शिमरोन हेटमायरले ११, पृथ्वी शाले १० रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।
बलिङमा ट्रेन्ट बोल्ट, जसप्रीत बुमराहले ३-३, नाथनकल्टर नाइल र राहुल चाहरले एकरएक विकेट लिए। जितसँगै मुम्बईले तालिकाको शीर्ष दुईमा आफ्नो स्थान पक्का गरेको छ। अन्तिम खेलमा पराजित भएपछि मुम्बई शीर्ष दुईमा रहने छ।
आजको जितसँगै मुम्बईले तालिकामा १८ अंक जोडेको छ। उसले १३ खेलमध्ये ९ म्याचमा जित हासिल गरेको छ। दिल्लीले भने १३ खेलमा ७ म्याचमा जित हासिल गर्दा ६ खेलमा हारको सामना गरेको छ।
दिल्लीले आजको खेलमा पनि नेपाली स्पिनर सन्दीप लामिछानेलाई अवसर दिएन। उनलाई दिल्लीले यो सिजन एउटा पनि खेलमा अवसर दिएकै छैन।
दोस्रो खेलमा हैदरावादविरुद्ध बैंग्लोर
आईपीएलमा आज हुने दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर र सनराइजर्स हैदराबाद भिड्दैछन्। यी टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।
शारजाहमा क्रिकेट मैदानमा बैंग्लोर आठौं जितको खोजीमा हुनेछ। बैंगलोर १२ खेलमा ७ जितसहित १४ अंक जोडेर दोस्रो स्थानमा छ। बैंग्लोरका लागि यस खेल निकै महत्वपूर्ण छ। बैंग्लोर हैदराबादलाई हराएर प्लेअफ पुग्न चाहन्छ।
बैंगलोरलाई अब प्लेअफ पुग्न मात्र एक जित आवश्यक छ। त्यसैले बैंग्लोर जित निकाल्दै प्लेअफ सुरक्षित गर्ने लक्ष्यमा हुनेछ। यता, हैदरावादलाई पनि यो खेल महत्वपूर्ण रहेको छ। प्लेअफ सम्भावना कायम राख्ने हैदराबादलाई जित बाहेक अन्य विकल्प छैन।
हैदराबादले १२ खेलमा १० अंक जोडेको छ। हैदराबाद पुछारबाट दोस्रो स्थानमा छ। हैदराबादलाई प्लेअफ पुग्न अब बाँकी रहेको दुई खेलमा फराकिलो जित निकलनी पर्ने आवश्यकता छ।
यस्तै हैदराबाद बैंग्लोरसँग अघिल्लो भेटमा व्यहोरेको हारको बदलासमेत लिन चाहन्छ। यस अघिको भेटमा बैंगलोरले हैदराबादलाई १० रनले पराजित गरेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।