हार्ने टिम लिगबाट बाहिरिने
हार्ने टिम लिगबाट बाहिरिने
काठमाडौं : यूएईमा जारी १३औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगतको एलिमिनेटरमा आज सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बैंगलोर खेल्दैछन्।
यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति ७:४५ बजे सुरु हुनेछ। क्वालिफायर प्रवेशका लागि शेख जायद क्रिकेट स्टेडियममा हुने खेलमा हैदरावाद र बैंगलोर जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन्।
दुई टिम जित निकाल्दै दोस्रो क्वालिफायर पुग्न चाहन्छ। आजको खेलमा दुवै टोली ‘डु अर डाइ’को अवस्थामा छन्। यस खेलको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ। र, फाइनलका लागि दिल्ली क्यापिटल्ससँग खेल्नेछ।
आज पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिने छ। त्यसैले हैदराबाद र बैंगलोरबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ। डेभिड वार्नरको कप्तानीमा रहेको हैदराबाद तेस्रो स्थानमा रहेर प्लेअफ पुगेको हो।
हैदराबादले १४ खेलमा १४ अंक जोडेको थियो। लिग चरणको अन्तिम खेलमा मुम्बई इन्डियन्सलाई १० विकेटले हराएपछि हैदराबादको प्लेअफ यात्रा तय भएको थियो। त्यसले पनि हैदराबादको मनोबल उच्च छ।
उक्त खेलमा मुम्बईले प्रस्तुत गरेको १ सय ५० रनको लक्ष्य हैदराबादले बिनाविकेट पूरा गरेको थियो। हैदराबादको जितमा कप्तान वार्नर ८५ रन र ऋद्धिमान साह ५८ रनमा अविजित रहेका थिए।
विराट कोहलीको कप्तानीमा रहेको बैंग्लोर भने चौंथो स्थानमा रहेर प्लेअफ पुगेको हो। बैग्लोरले समेत लिग चरणमा १४ खेलमा १४ अंक जोडेको थियो। लिग चरणको अन्तिम खेलमा दिल्लीसँग पराजित भएपछि नेट रन रेटमा भाग्यमानी भन्दै बैंग्लोरले प्ले अफमा स्थान बनाएको थियो।
हैदराबाद र बैंग्लोरले लिग चरणमा दुई पटक प्रतिस्पर्धा गरेका छन्। जसमा दुबै टिमले एक एक जित निकालेको थियो। पहिलो भेटमा बैंग्लोरले हैदराबादलाई १० रनले हराएको थियो। तर, दोस्रो भेटमा हैदराबादले बैंग्लोरलाई ५ विकेटले हराएको थियो।
बैंग्लोर पछिल्ला चार खेलमा लगातार हारको नजिताबाट पाठ सिक्दै हैदराबादविरुद्ध उत्कृष्ट जितका साथ दोस्रो क्वालिफायरमा पुग्न चाहन्छ। र, दिल्लीसँगको भेट पक्का गर्न पनि चाहन्छ। बैंग्लोरले हालसम्म आइपिएलको उपाधि जित्न सकेको छैन। हैदराबादले भने एक पटक उपाधि उचालेको छ।
यअसघिको प्रदर्शन
हैदराबादले पछिल्ला केही खेलमा ओपनिङ जोडी परिवर्तन गरेको छ। कप्तान वार्नरसँग ऋद्धिमान साह ओपनिङ गर्न आइरहेका छन्। यो जोडी टिमका लागि प्रभावकारी साबित भइरहेको छ।
वार्नरले पछिल्ला चार खेलमा १ सय ९४ रन बनाएका छन्। साहले पछिल्ला तीन खेलमा क्रमशः ५८, ३९ र ८७ रन जोडेका छन्। यी दुईलाई मध्यक्रममा मनीष पाण्डे, केन विलियम्सन र प्रियाम गर्गको साथ आश्यक छ। मध्यक्रमका ब्याट्सम्यानहरुले पनि रन बनाइरहेका छन्।
बलिङमा सन्दीप शर्मा एक नाम हुन्। जो पावरप्लेमा सबैभन्दा खतरनाक बलरको रूपमा उभिएका छन्। त्यस्तै, अनुभवी स्पिनर राशिद खान खेल्नु विपक्षी टीमका लागि ठूलो चुनौती साबित हुन सक्छ।
राशिदको प्रर्दशन निकै महत्वपूर्ण हुने देखिन्छ। उनले जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन पनि गरिरहेको छन्। राशिदले आजको खेलमा पनि सोही लयलाई कायम राख्नुपर्नेछ।
अर्कोतर्फ विराट कोहलीको कप्तानमा रहेको बैंग्लोर लामो समय पछि फाइनलमा स्थान खोजिरहेको छ। टोलीसँग कप्तान कोहलीलगायत एबी डिभिलियर्स र देवदत्त पाडिक्कल जस्ता कडा खेलाडी छन्। जसले यस सिजनमा शानदार ब्याटिङ गरेका छन्।
कोहलीबाट बैंगलोर ठूलो इनिङ चाहन्छ। आक्रामक ब्याट्सम्यान डिभिलियर्सको प्रर्दशन बेंगलोरलाई निकै महत्वपूर्ण हुनेछ। उनको उच्च प्रदर्शनबिना बैंगलोरको जित कठिन पर्नेछ। उसका क्रिस मोरिससँग पनि अन्त्यमा रन बनाउने क्षमता छ।
बैंग्लोरको बलिङ पक्ष कमजोर देखिन्छ। स्पिनर युजभेन्द्र चहल र तीव्र गतिका बलर मोहम्मद सिराज उसका बलिङ हतियार हुन्। जारी लिगमा चहल उत्कृष्ट लयमा छन्। साथै पछिल्ला खेलमा सिराजले पनि शानदार बलिङ गरिरहेका छन्।
यसका साथै बलिङमा मोरिसको प्रर्दशन बैंगलोरलाई निकै महत्वपूर्ण हुनेछ। स्पिनर वासिन्टन सुन्दरले लगातार कसिलो बलिङ गर्दै आएका छन्।
हैदराबादको सम्भावित प्लेइङ-११
डेविड वार्नर (कप्तान), ऋद्धिमान साह, केन विलियम्सन, मनीष पाण्डे, अब्दुल सामद, प्रियाम गर्ग, जेसन होल्डर, राशिद खान, शाहबाज नदीम, सन्दीप शर्मा र थांगारासु नटराजन।
आरसीबीको सम्भावित प्लेइङ-११
देवदत्त पाडिक्कल, जोश फिलिपी, विराट कोहली (कप्तान), एबी डिविलियर्स, गुरकीरत सिंह, वाशिङटन सुन्दर, क्रिस मोरिस, शिवम दुबे, इसुरु उडाना, युजवेन्द्र चहल र मोहम्मद सिराज।
तपाईंको ईमेल गोप्य राखिनेछ ।