|

उदयपुर : नेपाली सेनाको रण शार्दुल गण बोक्से उदयपुरमा कार्यरत पाँचजना सैनिकसहित उदयपुरमा आठ संक्रमित थपिएका छन्‌। 

गणमा कार्यरत पाँचजना सैनिकलाई ज्वरो आएपछि स्वास्थ्य कार्यालय उदयपुरले स्वाब लिएको र रिर्पोट पोजेटिभ आएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिएका छन्‌। 

संक्रमितमध्ये एक जना देउरी प्राथमिक स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी र दुईजना कटारी नगरपालिकाका सर्वसाधारण हुन्‌। संक्रमित भएकाको उमेर ३७, ३६, ३४, ३१, २४, २८,२३, ५४ वर्ष रहेको र सबै पुरूष रहेको सुवेदीले बताए‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.