काठमाडौं : नेपालमा मेडिकल कलेज स्थापनाका परिकल्पनाकार एवम् त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका संस्थापक कार्यकारी निर्देशक प्रा.डा. भीष्मराज प्रसाईंको निधन भएको छ।
मुटुमा समस्या आएपछि गत कात्तिक २८ गते मेडिसिटी इन्टरनेशनल हस्पिटलमा भर्ना गरिएका ८९ वर्षीय प्रसाईंको आज साँझ सात बजे निधन भएको हो।
प्रा.डा. प्रसाईं चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन, त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष र उपकुलपति पनि भएका थिए। प्रसाईंका एक दर्जनजति साहित्यिक कृति प्रकाशित छन्।
राजपरिषदका सदस्यसमेत भएका उनले भानुभक्त पुरस्कार (नेपाल सरकार), त्रिमूर्ति पुरस्कार, महाकवि देवकोटा शताब्दी सम्मान, नइ देरूनीख सुकीर्तिलगायत पुरस्कार प्राप्त गरेका थिए।
डा. प्रसाईंकी श्रीमती, दुई छोरी र एक छोरा छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।