|

गोरखा : गोरखा अस्पतालमा उपचाररत कारोना भाइरस संक्रमित वृद्धाको मृत्यु भएको छ। 

मंसिर ९ गतेदेखि अस्पतालको आइसियुमा उपचाररत गोरखा नगरपालिका–६ की ७५ ववर्षीया वृद्धाको शुक्रबार राति मृत्यु भएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए।

ती वृद्धा १० महिनादेखि हिँड्डुल गर्न नसक्ने गरी थलिएका कारण शारीरिक अवस्था निकै कमजोर र निमोनिया रहेको अस्पतालले जनाएको छ।

मंसिर ८ गते अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न पुगेकी वृद्धालाई ९ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.