|

एजेन्सी : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विपक्षी दलहरुप्रति आक्रामक रूपमा प्रस्तुत भएका छन्। ​कृषिसम्बन्धी नयाँ कानुनलाई लिएर कृषकलाई विपक्षी दलले उचालेको प्रधानमन्त्री मोदीको आरोप छ। 
 

भारतमा केही समयदेखि किसानहरुले कृषिसम्बन्धी नयाँ कानुनप्रति असन्तुष्टि जनाउदै विरोध प्रदर्शन गर्दै आएका छन्। प्रदर्शनका लागि केन्द्रीय राजधानी नयाँ दिल्लीमा हजारौँ किसान भेला भएलगत्तै प्रधानमन्त्री मोदी थप रुष्ट भएका हुन्। किसानका उत्पादन बेचबिखनसम्बन्धी नयाँ कानुनलाई प्रधानमन्त्री मोदीले भने ऐतिहासिक कानुनको संज्ञा दिएका छन्। 
 
मोदीले महत्व दिएको कानुनविरुद्ध नै प्रदर्शन चर्किंदै जानुको पछाडि विपक्षीहरुको हात रहेको उनको बुझाइ छ। विपक्षी दलहरुको नाम नलिई उनले भने, 'किसानहरूलाई ऐतिहासिक कानुनविरुद्ध गलत तरिकाले परिचालन गरिएको छ, केही व्यक्तिले यसलाई दुरुपयोग गरेका छन्।' 

वारणासीमा भएको एक कार्यक्रममा प्रधानमन्त्री मोदीले समाजलाई नै भ्रमित पार्नेहरूबाट सतर्क हुनुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.