|

बैतडी : बैतडीका एक किशोर २ दिनदेखि  बेपत्ता भएका छन्। बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका १ गुरुखोला काण्डे गाउँका १५ वर्षीय विवेक भट्ट छन्। बुधबार अपरान्ह स्थानीय बजार मुस्याचौर जान्छु भनी हिँडेका छोरा अहिलेसम्म बेपत्ता अवस्थामै रहेका विवेकका बुवा देवदत्त भट्टले बताए। एक मात्र छोरा विवेक बेपत्ता भएपछि घरपरिवारका सदस्य चिन्तित बनेका उनले बताए। 

बेपत्ता रहेका विवेकले बिहीबार बिहान ९८६४७५६८५५ नम्बरबाट फोन गरेर आफू धनगढीमा रहेको बताएका थिए।  गाडी लाइनमा जागिर लगाइदिने भन्दै विवेकले आफू लगायत अन्य ७-८ जनालाई धनगढी लगिएको फोनमार्फत भनेको विवेकका बुवा देवदत्तले बताए। विवेकले त्यति मात्रै भनेर फोन काटेकोले जागिर लगाइदिने मान्छे को रहेछ भन्ने खुल्न सकेको छैन। विवेकले फोन गरेको मोबाइल अहिले स्विच अफ गरिएको छ। 

बेपत्ता छोरा खोजी गरिदिन देवदत्तले प्रहरी चौकी गुरुखोलामा निवेदन दिएका छन्। प्रहरीले बालकको खोजी कार्य जारी रहेको बताएको छ। बेपत्ता बालकको धनगढी लगायतका स्थानमा खोजीकार्य भइरहेको गुरुखोला प्रहरी चौकीका इञ्चार्ज, प्रहरी नायव निरीक्षक सुरेन्द्र देव भट्टले बताए। 

गहुँगोरो वर्ण, ४ फिट उचाइ भएको, कपालमा रातो मेहन्दी,खैरो ज्याकेट,जिनको पाइन्ट र लेदरको जुत्ता लगाएको विवेकलाई फेला पार्ने व्यक्तिले  नजिकको प्रहरी चौकी वा ९८६५८१३३६६ मा सम्कर्क गरिदिन अनुरोध गरिएको छ।

बेपत्ता किशोर दशरथचन्द नगरपालिका १ गुरुखोलामा रहेको मणिलेक मावि गुरुखोलामा कक्षा ९ मा अध्ययनरत रहेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.