|

दैलेख : कोरोना महामारीका कारण दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननको काम बढ्ने सकेको छैन। २०७६ असोजदेखि सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन अन्तर्गतको पहिलो चरणको काम सकिएको भए पनि बाँकी काम कोरोना महामारीले गर्दा रोकिएको हो। 

सम्झौताअनुसार पहिलो चरणको काम दसैँ अगाडि सकिएको र दसैँपछि बाँकी काम सुरु गरिने तयारी रहेको भए पनि  चीनबाट आएको प्राविधिक टोली फर्केपछि कोरोना महामारी सुरु भएकाले काम रोकिएको खानी तथा भूगर्भ विभावका भूगर्भविद् डा.गणेशनाथ त्रिपाठीले बताए। 

उनले दसैँ अगाडि जुन अवस्थामा अन्वेषणको काम रोकिएको थियो, अहिले पनि त्यही अवस्थामा रहेको र पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि नेपाल आउने चीनको प्राविधिक टोलीलाई त्यहाँको सरकारले आउन अनुमति दिई आएको खण्डमा तत्कालै दैलेखमा काम सुरु हुने बताए।

नेपाल सरकारसँगको सम्झौताअनुसार चीनको प्राविधिक टोलीले पहिलो चरण अन्तर्गतको साइस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे, जिओ केमिकल स्याम्पलिङ सर्भे गरी अन्वेषण गरी चार वटा सर्भेका काम तोकिएकै समयमा सक्काइएको डा.त्रिपाठीले बताए।

नेपालको संविधान २०७२ जारी भएपछि मधेसवादी दलहरूको समर्थनमा भारतले नेपालमा नाकाबन्दी लगाउँदा प्रधानमन्त्री रहेका केपी शर्मा ओली चीनमा गएको बेला दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण गर्ने सहमति भएको थियो। 

उक्त सहमतिअनुसार नेपाल सरकार खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटा र चीन सरकारको जिओलोजिकल सर्वे कम्पनीबीच २ अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम खानी अन्वेषण उत्खनन गर्ने सम्झौता भएको थियो। सोही सम्झौताअनुसार चीनको प्राविधिक टोलीले दैलेखमा काम गर्दै आएको थियो।  

दैलेखमा सदिऔँदेखि ज्वाला बल्दै आएका श्रीस्थान, नाबिस्थान, पादुका, तल्लो डुंगेश्वरलगायत क्षेत्रहरूलाई आधार मानी चीनको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन टोलीले काम गर्दै आएको थियो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.