|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि विवेकशील साझा पार्टीले माइतीघरमा प्रदर्शन गरेका छन्। सोमबार बिहान पार्टीका कार्यकर्ताले माइतीघरमा ओलीविरुद्ध नारावाजी गरेका छन्। ओलीको कदम पंचायती व्यवस्था फर्काउने खेलमा लागेको उनीहरूको आरोप रहेको छ।

संविधानको प्रावधानलाई भाँडाकुटी नबनाउ भन्दै कार्यकर्ताले राष्ट्रपतिलाई महारानी बन्ने ध्याउन्नमा लागेको आरोप लगाएका छन्। लोकतान्त्रिक मूल्य-मान्यता जोगाउन र सुशासन स्थापित गर्न अब अर्को विकल्प  नभएको भन्दै पार्टीका अध्यक्ष रविन्द्र मिश्रले ओली विरुद्ध सडकमा आउनुपरेको जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.