|

बारा :  २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा बाराको कलैया उपमहानगरपालिकाले सार्वजनिक बिदा दिएको छ।

तेस्रो नगर सभाले २०७५ चैत्र ९ गते गरेको निर्णय अनुसार नेपाल एकीकरणकाका लागि पृथ्वीनारायण शाहले गरेको योगदानको सम्मान गर्दै विगतमा मनाउँदै आएको राष्ट्रिय एकता दिवसलाई भव्य रुपमा मनाउन उपमहानगरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रहलाल वर्णवालले सूचना प्रकाशित गरेर जानकारी दिएका छन्।

दिवसकै अवसरमा बाराको निजगढमा विभिन्न कार्यक्रम हुने भएको छ। राप्रपा नेपाल निजगढ कार्यसमितिको आयोजनामा शहीदचोकमा पृथ्वीनारायण शाह तस्वीरमा सोमबार दिउ“सो माल्यार्णपन गर्ने कार्यक्रम राखिएको छ। राष्ट्रिय एकताको लागि शाहको सम्मानमा तस्वीरमा सोमबार दिउ“सो माल्यार्णपन कार्यक्रम आयोजना गरिएको नगर अध्यक्ष खड्गप्रसाद उप्रेतीले बताए।

त्यसैगरी गौरीशंकर फाउण्डेशन व्याच २०५७ को आयोजनामा निजगढ ४ स्थित मोहोरी पार्कमा राष्ट्रिय झण्डा फहराउने कार्यक्रम आयोजना गरिँदैछ। फाउण्डेशनले बुद्ध मूर्ति स्थापना गरिरहेको स्थानमा झण्डा फहराउने कार्यक्रम राखिएको संयोजक खड्गप्रसाद मैनालीले जानकारी दिए।

१७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रुपमा मान्ने गरिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.