|

काठमाडौं :  युरोपेली संघ ईयूले औषधी कम्पनी एस्ट्राजेनिकालाई तत्कालै खोप उपलब्ध गराउन भनेकाे छ।

इयूले बेलायतमै उत्पादन गरेको कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गरेको हो। एस्ट्राजेनिकाले यो वर्षको पहिलो त्रैमासिकमा यसअघि आफूले उपलब्ध गराउने भनेको मध्ये केही अंश मात्र आपूर्ति गर्न सक्ने भनेपछि इयूका नेताहरु रिसाएका थिए। 

कम्पनीले युरोपमा रहेका आफ्ना प्लान्टमा समस्या आएपछि केही अंशमात्र दिन सक्ने बताएको थियो। तर ईयूले त्यस्तो अभावलाई बेलायतकै उत्पादनले भए पनि पूर्ति गर्नुपर्ने जनाएको छ। 

खोप दिने काममा भइरहेको ढिलासुस्तीका लागि युरोपेली देशहरुले नै ईयुको आलोचना गरेका छन्। सन् २०२१ को जनावरी–मार्च महिनाका लागि ईयूले यसअघि सम्झौता गरेभन्दा ६० प्रतिशत कम डोज खोप पाउने बताइएको थियो। 

नेदरल्याण्ड्स र बेल्जियमका उत्पादन केन्द्रमा समस्या आएको भन्दै एस्ट्राजेनिका कम्पनीले खोप उपलब्ध गराउन दुई महिनाजति ढिला हुने जनाएको हो। एस्ट्राजेनिकाको खोपलाई अझै ईयूले मान्यता दिइसकेको छैन तर भोलि इयूको औषधी नियामकले त्यसको लागि बाटो खोलिदिने अपेक्षा गरिएको छ। समस्या समाधानका लागि दुई पक्षबीच हिजो साँझ भएको वार्तामा ईयूले आफ्नो पुरानै अडान दोहोर्या‍एको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.