|

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औं सिजनका लागि हुने मिनि अक्सन १८ फेब्रुअरीमा चेन्नईमा हुने कार्यतालिका सार्वाजानिक गरिएको छ। अक्सनका लागि कोरोना प्रोटोकल कडाइसाथ लागू गरिने बिसिसीआईले जनाएको छ।

बिसिसिआईका अनुसार अक्सनमा एक फ्रेन्चाइज टिमले अक्सनका लागि १३ सदस्यले भाग लिन पाउनेछन्। साथमा सबै सदस्यको २ पटक पिसिआर जाँच गरेको रिपोर्ट नेगटिभ हुनुपर्नेछ।

७२ घण्टाभित्र २ पटक टेस्ट

बुधबार फ्रेन्चाइजलाई पठाइएको सूचनाअनुसार फ्रेन्चाइज मालिकलाई चेन्नईमा क्वारेन्टाइन बस्न भने पर्नेछैन। यद्धपि, उनीहरूले २ पटक टेस्ट गर्नुपर्नेछ। पहिलो टेस्ट ७२ घण्टा आसपासमा गर्नुपर्नेछ भने दोस्रो टेस्ट चेन्नईको ग्रेड चोला होटल पुगेपछि गर्नुपर्नेछ।

जहाँ दबै टेस्ट नेगटीभ आउनुपर्नेछ। त्यसपछि मात्रै सहभागीले भेन्युमा इन्ट्री पाउनेछन्।

११ फेब्रुअरीमा बन्द हुँदै ट्रेड विन्डो

बिसिसीआईले ट्रेड विन्डो बन्द गर्ने समय पनि बढाएको छ। अब ४ फेब्रुअरीको ठाउँमा ११ फेब्रुअरी सम्म क्लबले आपसी सहमतिमा खेलाडी खरिद बिक्री गर्न पाउनेछन्। १८ फेब्रुअरीको अक्सनपछि पुन ट्रेड विन्डो खोलिने छ।

फ्रेन्चाइज टिमलाई अक्शनका दौरान १३ सदस्यलाई भित्र पस्ने अनुमति हुनेछ। जसमा ८ अक्सन टेबलमा बस्न पाउनेछन्। भने बाँकी ५ जनाले ग्यालरीमा बसेर हेर्न पाउनेछन्। सबै फ्रेन्चाइजले ५ फेब्रुअरीसम्ममा आफ्ना अफिसियलहरूको नाम टिपाउनु पर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.