डडेल्धुरा : नेकपाको प्रचण्ड–माधव समूहले आह्वान गरेको बन्दका कारण डडेल्धुराको जनजीवन प्रभावित भएको छ। बिहानैदेखि जिल्ला सदरमुकामदेखि लामो दूरीका सवारीसाधन सञ्चालन हुन सकेका छैनन्। छोटो दूरीका सवारी साधनहरू भने फाट्टफुट्ट चलिरहेका छन्।
एम्बुलेन्स तथा प्रेसका गाडीहरु चलिरहेका छन्। जिल्ला सदरमुकाम बागबजार क्षेत्रका पसलहरू बन्द रहेको छ। परीक्षा संचालन भइरहेका विद्यालयहरु खुलेको छन्। विद्यार्थीहरु परीक्षामा सहभागी भएका छन्।
बन्दका कारण सडक क्षेत्रमा अलपत्र गरेका सवारीका साधनलाई भने प्रहरीले स्कटिङ गरी गन्तव्यमा पु¥याउने कार्य गरिरहेको छ। अप्रिय घटना हुन नदिनका लागि ठाउँ– ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।