|

सोलुखुम्बु : योङ्ग स्टार क्लबले सञ्चालन गरेको सामुदायिक रेडियो सोलु एफएमको कार्यालयमा आगलागी भएको छ। आइतबार राति करिब साढे १२ बजे आगलागी भएको रेडियो सञ्चालक समितिका अध्यक्ष बुद्धिनारायण श्रेष्ठले जानकारी दिए।

सोलुदुधकुण्ड नगरपालिका–६ दोर्पुबजारमा रहेको एफएमको स्टुडियोबाट सुरु भएको आगोले भवन समेत जलेको अध्यक्ष श्रेष्ठले बताए। आगलागीबाट एक करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीको पारम्भिक अनुमान छ। विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिए पनि  कारण खुल्न सकेको छैन। 

नगरपालिकाको दमकल, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, स्थानीय, रेडियोका कर्मचारी, जनप्रतिनिधिको सहयोगमा करिब दुई घण्टामा आगो नियन्त्रणमा आएको थियो।

२०६१ सालमा स्थापना भएको सोलु एफएम एक हजार वाट क्षमतामा प्रसारण भइरहेको छ।रेडियोको सामाग्री सबै जलेर नष्ट भएको हुँदा नियमित प्रशारणमा केही समय लग्न सक्ने समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.