काठमाडौं : प्रहरीले चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट २२ तोला ३२ लाल तौलको २४ थान अवैध सुनको सिक्री सहित एक भारतीय युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत नकुबार जानादारा जोयपुर हाउराह घर बताउने ३१ वर्षीय तपास सस्माल छन्।
वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना१ ज ७९२१ नम्बरको टाटा सुमो चोकजाँचका क्रममा नागढुंगाबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। सस्मालले झोलामा लुकाई छिपाई ल्याएको बील भर्पाई नभएको उक्त तौलको सुनको सिक्री बरामद गरिएको प्रहरीले जनाएको छ।
सस्माललाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।