|

काठमाडौ : नेकपा एमाले माधव-झलनाथ समूहको अनेरास्ववियूले सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विरोध प्रदर्शन गरेको छ। सोमबार बबरमहलस्थित निगमको कार्यालयअगाडि विद्यार्थीहरूले विरोध धर्ना दिएका हुन्।

अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले ७२ घण्टाभित्रमा मूल्यवृद्धि फिर्ता नगरे नेपाल आयल निगमका सवारीसाधन तोडफोड गर्ने चेतावनी दिए। ‘निगमले मूल्यवृद्धि गरेर गरिब जनताको ढाड सेकाएको छ,' उनले भने‚ '७२ घण्टाभित्र मूल्यवृद्धि फिर्ता नभए क्याम्पस आसपास गुडेका निगमका सवारीसाधन तोडफोड गर्छौं।’

आइतबार नेपाल आयल निगमले इन्धनको नयाँ मूल्य निर्धारण गरेको छ। निगमले पेट्रोलको खुद्रामूल्य १२० कायम गरेको छ भने डिजेल र मट्टीतेलको मूल्य पनि दुई दुई रुपैयाँका दरले बढाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.