|

काठमाडौं : पछिल्लो समय नेपालमा पुनः कोरोना भाइरस संक्रमण युके भेरियन्ट समुदायस्तरमा फैलनुको कारण भएको विज्ञहरूले बताएका छन्।

भारतमा समेत संक्रमण उच्च रहेकाले नेपालमा पनि अब संक्रमण बढ्न सक्छ। यसअघि पनि भारतमा संक्रमण बढ्दै गएको केही महिनामा नेपालमा संक्रमण तीव्र गतिमा फैलिएको थियो। जसले अबको एक दुई महिनाभित्र नेपालमा संक्रमण पुनः फैलन सक्ने स्वास्थ्य अधिकारीहरूले बताएका छन्। 

नेपालमा १६ लाखभन्दा बढीले कोरोनाविरुद्ध खोप लगाइसके। तर खोप लगाइसकेका धेरैलाई संक्रमणको जोखिम फेरि बढ्ने हो कि भन्ने चिन्ता छ। 

'युके भेरियन्टलाई कोभिसिल्ड खोपले काम गर्छ'

नेपालले हालसम्म १६ लाख बढीले अक्सफर्ड एस्ट्राजेनेकले विकास गरेको र भारतको सेरम कम्पनीले उत्पादन गरेको कोभिसिल्ड खोप लगाएका छन्। चिकित्सकहरूले पनि हाल समुदायमा फैलिएको युके भेरियन्टलाई कोभिसिल्ड खोपले काम गर्न सक्ने बताएका छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डा. शेरबहादुर पुनका अनुसार युके भेरियन्टले भाइरसको जिन परिवर्तन नगरे कोभिसिल्डले काम गर्ने बताउँछन्। उनले भने, ‘कोभिसिल्डले युके भेरियन्टलाई काम गर्छ, हाम्रोमा युके भेरियन्टमा पनि परिवर्तित भाइरस भएन भने कोभिसिल्ड खोप लगाएकामा संक्रमण कम हुन सक्छ।'

दक्षिण अफ्रिकी र ब्राजिल भेरियन्टलाई काम नगर्न सक्छ

यता लक्षिण अफ्रिकी र ब्राजिल भेरियन्टलाई भने कोभिसिल्डले काम गर्न नसक्ने डा पुनले बताए। उनका अनुसार खोपले काम नगरे पनि कोरोनाविरुद्ध खोप लगाएकालाई संक्रमण भए पनि गम्भीर गर्दैन। 

नेपालमा पहिलो चरणमा खोप लगाएकाको दोस्रो चरणको डोज खोप वैशाख ७ देखि लगाउने सरकारको तयारी छ। सरकारले यसै सातादेखि चीनले उपलब्ध गराएको भेरोसेल खोप पनि लगाउन थालेको छ। भेरोसेलबारे भने विस्तृत जानकारी बाहिर आइसकेको छैन।

युके, अमेरिका तथा युरोपबाट प्राप्त जानकारीअनुसार एस्ट्राजेनेकको युके भेरियन्टलाई भेरोसेलले काम गर्ने जनाइएको छ।

पछिल्लो समय बालबालिकामा कोरोना संक्रमण बढेको हुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालयहरू केही समयका लागि बन्द नै गर्न सिफारिस गरेको मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीले बताए। 

यसअघि  बालबालिकामा ७.५ प्रतिशत बालबालिकामा संक्रमण पाइएको थियो। शुक्रबार मात्र १६ प्रतिशत बालबालिकामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। तिनमा ५४ जना बालबालिकामा थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.