१९ घाइतेमध्ये सातजनाको अवस्था गम्भीर

|

चितवन : पूर्वी चितवनको राप्ती नगरपालिका-११ मा मजदुर बोकेको ट्रयाक्टर दुर्घटना हुँदा मृत्यु भएका पाँचमध्ये चारजनाको सनाखत भएको छ।जिल्ला प्रहरी कार्यालय

चितवनका अनुसार सनाखत हुनेमा राप्ती नगरपालिका–५ का ३५ वर्षीय खडक लामा, खैरहनी नगरपालिका–९ का ४० वर्षीय मगन महतो, ५० वर्षीया छनिया महतो र राप्ती नगरपालिका–४ का ४५ वर्षीय सीताराम श्रेष्ठ रहेका छन्। एकजना अन्दाजी २५ वर्षीय पुरुषको नाम थर ठेगाना खुल्न सकेको छैन। 

थाकलटारबाट चिउँडेखोलातर्फ आउँदै गरेको ना १ त ६२८२ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई आमपानीस्थित चिउँडेखोलामा दुर्घटना भएको थियो। ट्रयाक्टर सडकबाट करिब २०० मिटर तल खस्दा सवार १९ जना घाइते भएका छन्। कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार घाइतेमध्ये सातजनाको अवस्था  गम्भीर रहेको छ। ११ जनाको अवस्था मध्यम रहेको छ। एकजनाको अवस्था सामान्य रहेको छ। घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। दुर्घटना आइतबार साँझ साढे ७ बजे भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.