काठमाडौं : मस्तिष्कघातका कारण कीर्तिपुर नगरपालिका– ७ का वडा अध्यक्ष राजकुमार मालीको मृत्यु भएको छ।
मस्तिष्कघातपछि ललितपुरको वयोधा अस्पतालमा उपचाररत मालीको आइतबार साँझ निधन भएको कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले जानकारी दिए।
आज उनलाई श्रद्धाञ्जली दिइने र नगर परिक्रमासहित अन्तिम संस्कार गरिने महर्जनले बताए। माली नेकपा एमाले काठमाडौं जिल्ला कमिटी सदस्यसमेत हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।