भारतमा पछिल्लो २४ घण्टाभित्र २ लाख ७३९ जना संक्रमित फेला परेका छन्। यो अवधिमा १ हजार ३८ जनाको ज्यान गएको छ।
कोरोना महामारीको दोस्रो लहर चलिरहेको भारतमा यो तथ्यांक पछिल्लो अवधिकै धेरै हो। हिजोसम्म त्यहाँ डेढ लाख हाराहारीमा संक्रमित भेटिएका थिए भने ज्यान गुमाउनेको संख्या १ हजारभन्दा तल थियो।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार अहिले त्यहाँ सक्रिय कोरोना संक्रमितको संख्या १४ लाख ७० हजारभन्दा धेरै छ।
हालसम्म भारतभर १ लाख ७३ हजार १२३ जना संक्रमितको ज्यान गइसकेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।