|

पर्वत : पर्वतसहित बागलुङ र म्याग्दीमा लामो समयपछि पानी पर्दा किसान खुसी भएका छन्। लामो समयपछि बिहीबारबाट वर्षा हुँदा किसान खुसी भएका हुन्।

अपराह्न ४ बजेबाट पानी परेसँगै मौसम अन्धकार बनेको छ। पानी परेसँगै विधुत र इन्टरनेट सेवा अबरुद्ध भएको छ। लामो समयपछि पानी पर्दा बाँझो जमिन खनजोत गर्न तथा मकै गोड्न सजिलो हुनेमा कृषक खुसी छन्।

पानी परेपछि थुप्रै ठाउँमा भइरहेको आगलागीसमेत नियन्त्रणमा आउने छ। असोजयता पानी नपरेपछि यो वर्ष हिउँदे खेतीमा नराम्रो असर परेको छ भने बर्खे खेती लगाउन पनि असर परेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.