काठमाडौं : त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा मलेसियाविरुद्ध नेपालले टस जितेर बलिङ राजेको छ। नेपाल र मलेसियाबीचको खेल दिउँसो सवा एक बजेदेखि त्रिवि क्रिकेट मैदानमा सुरु भएको हो।
नेपालले आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो। नेपाली सोही लयलाई काम राख्दै मलेसियामाथि शानदार जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिभएको छ।
उनले पहिलो खेलमा बलिङसँगै ब्याटिङ पनि राम्रो गरेको थियो। पहिलोको ओपनिङमा जहिले पनि समस्या रहँदै आएको थियो। तर, अघिल्लो खेलमा नेपाली युवा ब्याट्सम्यान कुशल भुर्तेल र आसिफ शेखले विश्वकीर्तिमानी साझेदारी गरे।
जसले गर्दा नेपालले नेदरल्याण्ड्समाथि सहज जित हात पारेको थियो। बलिङमा पनि स्टार बलर सन्दीप लामिछाने र सोमपाल कामीले उत्कृष्ट बलिङ गरेका थिए।
यता, आइतबार मलेसियाले पनि नेदरल्याण्ड्ससँगको राम्रो टक्कर दिएको छ। उसले राम्रो ब्याटिङ गरेको थियो। मलेसियाको बलिङ र फिल्डिङ कमजोर देखिएको थियो।
मलेसियाका युवा ब्याट्सम्यान वीरन्दीप सिंहले नेदरल्याण्ड्ससँग शानदार ब्याटिङ गरे। उनले ५३ बलमा ६ छक्का र ६ चौकासहित ८७ रनको उत्कृष्ट पारी खेल्दै नेदरल्याण्ड्सका बलरलाई अन्तिमसम्म दबाबमा राखेका थिए।
उत्कृष्ट लयमा रहेका सिंहले नेपाली बलरमाथि पनि दबाब दिन सक्छन्। उनले नेदरल्याण्ड्सका बलरलाई मैदानको चारैतिर चौकारछक्का हिर्काएका थिए।
नेपालले आज एक खेलाडी परिवर्तन गरिएको छ। उसले आरिफ शेखको स्थानमा कुशल मल्ललाई खेलाएको छ।
हेड टू हेड
हालसम्म नेपाल र मलेसियाबीच चार टी–२० अन्तर्राष्ट्रिय खेल भएको छ। जसमा नेपालले टी–२० म्याचमा जित निकालेको छ।
मलेसियाले पछिल्लो पटक भएको एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा नेपाललाई पराजित गरेको थियो। उक्त खेलमा नेपाल २२ रनले पराजित भएको थियो।
सन् २०१९ मा नेपालले मलेसियासँग दुई म्याचको टी–२० सिरिज सात विकेट र छ रनले जितेको थियो। २०१९ मा सिंगापुरमा भएको टी–२० विश्वकप एसिया रिजनल छनोटमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको थियो।
नेपाल एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा मलेसियासँग ब्यहोरेको हारको बदला लिने लक्ष्यसहित मैदानमा उत्रिनेछ।
नेपालको प्लेइङ–११
ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी, विनोद भण्डारी (विकेटकिपर), आशिफ शेख, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, कुशल भुर्तेल र साहब आलम।
तपाईंको ईमेल गोप्य राखिनेछ ।