|

काठमाडौं : त्रिकोणात्मक टी-ट्वेन्टी क्रिकेटमा नेपालले नेदरल्याण्ड्सलाई जितका लागि  २ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६ रन बनाएको हो। नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले सर्वाधिक ६१ रनको योगदान गरे ।

उनले ४६ बलमा एक छक्का र ८ चौका हिर्काए। दीपेन्द्र सिंह ऐरीले ३० बलमा ५ छक्का र ४ चौकासहित ६० रनको महत्वपूर्ण योगफल तयार पारे। 

कप्तान ज्ञानेन्द्र मल्लले २०, कुशल मल्लले १८, र करण केसीले एक रन बनाउँदा आसिफ शेख शून्य रनमा पभेलियन फर्किए। सोमपाल कामी २१ र बिनोद भण्डारी ७ रनमा अविजित रहे। 

केहीबेरमा नेदरल्याड्सले जवाफी ब्याटिङ गर्नेछ। नेपालले यसअघि भएको श्रृंखलाको पहिलो खेलमा पनि नेदरल्याण्ड्सलाई पराजित गरेको थियो । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.