सरकार र संसद विघटन, सीमामा कर्फ्यू

|

काठमाडौं : मध्य अफ्रिकी राष्ट्र चाडका राष्ट्रपति इद्रिस डेबीको मृत्यु भएको छ ।

देशको उत्तरी सिमामा विद्रोहीहरूसँगको झडपमा घाइते भएका उनको आज निधन भएको त्यहाँको सेनाले जनाएको छ। विद्रोहीसँगको लडाइँमा सेनालाई साथ दिन राष्ट्रपति डिबे हिजो राजधानी एन’ जामेनाको उत्तर सयौं किलोमिटर उत्तरमा फ्रन्ट लाइनमा गएका थिए। 

उहाँ आफूलाई फ्याक्ट–चाडमा परिवर्तन र समन्वयको लागि मोर्चा भन्ने समूहका विद्रोहीहरूसँग लडाइँ गर्न त्यहाँ पुगेका बिबिसीले जनाएको छ। डिबेले युद्धको मैदानमा सार्वभौम राष्ट्रको रक्षा गर्ने अन्तिम श्वास लिएका सेनाका प्रवक्ता जनरल अजेम बर्मान्डोआ अगौनाले बताए। 

६८ वर्षीय राष्ट्रपति डेबीको मृत्युपछि सरकार र संसद् विघटन गरिएको छ। सीमा बन्द गरी कफ्र्यु लगाइएको छ। चाडको नेतृत्व अब सैनिक परिषदले गर्ने उल्लेख छ। सैनिक परिषदको नेतृत्व राष्ट्रपति डेबीका ३७ वर्षीय छोरा महमट इड्रिस डेबी इट्नोले गर्नेछन्।

दिवंगत राष्ट्रपति डेबी सन् १९९० को सैनिक कूबाट सत्तामा आएका थिए। उनले तीन दशक चाडमा शासन गर्न भ्याए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.