|

विश्वमा अहिलेसम्म भेटिएका हरेक चारमध्ये एकजना कोरोना संक्रमित भारतीय रहेका छन्। यसको अर्थ विश्वका एक चौथाइ कोरोना संक्रमित भारतमा भेटिएका हुन्। 

कोरोना महामारीको पछिल्लो लहरमा पनि भारत नराम्ररी लपेटिएको छ। संक्रमणको नयाँ मामिला अहिले भारतमै सबैभन्दा बढी छ।

भाइरसको आक्रामक भेरियन्ट फैलिरहँदा पनि नियन्त्रणतर्फ सरकारले कदम नचालेको आरोप लागिरहेको छ। त्यहाँ सामाजिक दूरी समेत कायम गराउन नसकेकाले समस्या झनै गहिरिँदै गएको छ।

केही राज्यमा लकडाउन लगाइएपनि केन्द्र सरकारले महामारी नियन्त्रणका लागि सुझाव दिनेबाहेक ठोस कार्ययोजना ल्याएको छैन। 

संक्रामक रोग विज्ञ र चिकित्सकहरूले भारतमा कोरोनाको दोस्रो लहर चलिरहँदा पहिलो लहर चलेको बेला भन्दा पनि धेरै संक्रमितहरू अस्पतालमा भर्ना भइरहेका बताएका छन्।

यसो हुँदा एक जनाबाट सयौं मानिसहरूमा संक्रमण फैलिरहेको उनीहरूले विश्लेषण गरेका छन्। 

भारतको महाराष्ट्र राज्य संक्रमण मामिलामा सबैभन्दा अघि छ। त्यहाँ मात्रै २५ प्रतिशत संक्रमित छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.