|

काठमाडौं : इन्डियन प्रिमियर लिगअन्तर्गत रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध राजस्थान रोयल्सले १ सय ७८ रनको लक्ष्य प्रस्तुत गरेको छ। वाङ्खडे स्टेडियममा टस हारेर राजस्थान ब्याटिङमा उत्रिएको थियो। 

​९ विकेट गुमाएर पूरै ओभर खेलको राजस्थानमा सुरुवातमा धर्मराएको थियो। ४७ रन हुँदा ४ विकेट झरिसकेको अवस्थाबाट माथि उठ्दै उसले यो योगफल बनाउ सक्यो। ओपनर ब्याट्सम्यान जोस बट्लर ८ बलमा ८ रन बनाएर आउट भएपछि राजस्थानको यो योगफल बन्नेमा आशंका थियो। तर शिवम् दुवे र राहुत तिबेतियाले राजस्थानलाई उकासे। दुवेले ३२ बलमा ४६ रन बनाए भने तिबतियाले २३ बलमा ४० रन बनाए। कप्तान सन्जु स्यामसन २१ रनमा आउट भए भने रियान परागले २५ रन बनाए। अन्य ब्याट्स‍्म्यानले खासै गतिलो प्रदर्शन गर्न सकेनन्। 

आज बेंग्लोरका मोहम्मद सिराज र हर्षल पटेलले समान ३/३ विकेट लिए। आजको खेलमा उसले जित निकाले जारी आइपिएलमा ४ वटै खेल जित्ने एक मात्र टिम हुनेछ। जारी लिगमा राजस्थानले भने तीन खेलमा एकमा मात्र जित निकालेको छ। बेंग्लोर ब्याटिङमा उत्रिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.