|

धनगढी : खप्तड मालिका यातायात प्रालिका अध्यक्ष दीलबहादुर खलौला र पूर्वअध्यक्ष अनन्तराज जोशीसहित चार जना पक्राउ परेका छन्। 

दुई जना अध्यक्षसहित भरत बडेल र खड्कबहादुर मल्ललाई पक्राउ गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भरत चौधरीका अनुसार उनीहरू बीच बसपार्कमै झगडा परेको थियो।

खलौला अध्यक्ष भएपछि जोशी समूहले उनलाई अस्वीकार गर्दै आएको थियो। सोही विषयमा उक्त यातायात प्रालिंमा विवाद बढ्दै गएको थियो। खलौला समूहले बनाएको क्यू अनुसार जोशी समूहले गाडी चलाउन नमानेपछि बिहीबार बसपार्कमा हातहालाहाल भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.