|

काठमाडौं : आज देशका धेरैजसो स्थानको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। स्थानीय वायु र पश्चिमी वायुसँगै भित्रिएको जलवाष्पयुक्त वायुका कारण हिजो देशभर बदली भए पनि आज मौसम सुधारिने मौसमविद् विभूति पोखरेलले जानकारी दिइन्।

प्रि-मनसुनको असरले पश्चिमी भेगमा बेलुकीपख हावाहुरी, मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको भने सम्भावना रहेको पोखरेलले बताइन्। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही पहाडी भू-भागमा मेघगर्जन‚ चट्याङ‚ हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

काठमाडौं उपत्यकामा पनि बेलुकीपख हल्का पानी पर्ने सम्भावना छ। उपत्यकाको न्यूनतम तापक्रम आज बिहान १३ दशमलब ८ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो तापक्रम बढेर ३१ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.