|

गोरखा : गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ। । गण्डकी प्रदेश स्वास्थ्य निर्देशानालयका निर्देशक विनोदविन्दु शर्माका मंगलबार स्वाब लिएर परीक्षण गरिएकामध्ये तीनजना सांसदलाई कोरोना संक्रमण देखिएको हो

‘सबै माननीयज्यूहरुको कोरोना परीक्षण रिपोर्ट आइसकेको छ‚' उनले भने‚ ' केही माननीयलाई कोरोना पोजेटिभ भएको छ। १० बजेपछि आधिकारीक सार्वजनिक गर्नेछौं।'

मंगलबार बसेको गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको दोस्रो बैठक सुरु भएको केही बेरमै सत्तारुढ एमाले सांसद राजीव पहारी बोलेपछि सत्तापक्षकै सांसदहरुले बैठक अवरूद्ध गरेका थिए। उनीहरूले पिसिआर परीक्षणको माग गर्दै उनीहरूले बैठक अवरुद्ध गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.