|

काठमाडौं : पुराना पत्रकार ब्रजेश शर्माको निधन भएको छ। ६७ वर्षीय ब्रजेशको हृदयघातका कारण शुक्रबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

समाज दैनिक प्रकाशनको पछिल्लो कालखण्डमा मणिराज उपाध्यायले पत्रिकाको सम्पूर्ण नेतृत्व ब्रजेशलाई जिम्मा लगाएका थिए। समकालीनपत्रकारहरू बीच ब्रजेश भद्र र मिलनसार मित्रका रुपमा परिचित थिए।

समाज दैनिकका संस्थापक सम्पादक तथा तत्कालिन नेपाल पत्रकार संघका सभापति उपाध्यायका छोरा ब्रजेशका तीन छोरा र श्रीमती छन्। स्वर्गीय शर्माको शुक्रबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.