|

पाकिस्तानमा कोरोना ९कोभिड–१९० महामारीको तेस्रो लहर शुरू भएको छ। प्रधानमन्त्री इमरान खानले नागरिकलाई थप सजगता अपनाउन आग्रह गरेका छन्।

कोरोना विरुद्धको भ्याक्सिन लगाएकाहरू पनि धमाधम संक्रमित भइरहेको खबर त्यहाँका सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन्। लाइन बस्नुपर्ने स्थिति आएपछि मानिसहरूले महंगो रकम तिरेर निजी मेडिकलमा कोरोना विरुद्धको खोप लगाइरहेका छन्।

गएको साता पाकिस्तानमा यसअघिका रेकर्ड तोडिनेगरी संक्रमित भेटिएका थिए। अब त्यहाँको हालत पनि छिमेकी देश भारतकै जस्तो हुने जोखिम बढेको बताइएको छ। 

मार्चको पहिलो साताभित्र पाकिस्तानमा १६ हजार सक्रिय संक्रमित थिए। अप्रिलमा यो संख्या आठ गुणाले बढेर १ लाख ४० हजार नाघेको थियो। पछिल्लो एक महिनाभित्र त्यहाँ तीन हजारभन्दा धेरै संक्रमितको ज्यान गइसकेको छ। यो हताहतीले त्यहाँ अहिलेसम्मको रेकर्ड तोडिदिएको छ। 

अप्रिल २८ तारिखसम्म लाहोरका ठूला अस्पतालहरूमा रहेका ९३ प्रतिशत आइसीयू शय्याहरू कोरोना संक्रमितले भरिएका थिए। पञ्जाब प्रान्तमा पनि ८० प्रतिशत भेन्टिलेटर र अक्सिजन जडान गरिएको शय्या कोरोनाबाट प्रताडित बिरामीले भरिएका छन्।

संक्रमण बढिरहेको र अबको केही दिनभित्रै त्यहाँका अस्पतालमा संक्रमितले उपचार नपाउने स्थिति निम्तिनसक्ने देखिएको बीबीसी हिन्दीमा खबर छ। 

मार्चको दोस्रो सातातिर त्यहाँ कोरोना भाइरसको बेलायती भेरियन्ट फेला परेको थियो। पहिले फैलिएको भन्दा यो भेरियन्ट खतरा रहेको र यसबीचमा प्रशासनिक उदासीनताका कारण स्थिति झन्‌ खराब भएको जिन्ना पोस्टग्य्राजुएट्स मेडिकल सेन्टरका कार्यकारी निर्देशक डा. सीमी जमालीले बताएका छन्‌।

प्रधानमन्त्री इमरान खानले देशमा हरेक ९६३ जना नागरिकका लागि १ जना डाक्टर उपलब्ध रहेकाले कोरोना भाइरस अझै फैलिए भयंकर स्थिति निम्तिने बताइसकेका छन्। 

पाकिस्तानमा २१ करोड ६० लाख जनसंख्या छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.