भारतीय नम्बरका सवारी भन्सार जाँच गराउनैपर्ने

|

पर्सा : कोरोनाबाट आम मानिसलाई बचाउन पर्सामा पाँच दिनदेखि निषेधाज्ञा जारी छ। निषेधाज्ञाका समयमा बिनाकाम चलाइएका हिँड्ने ३ सय ९९ सवारी प्रहरी नियन्त्रणमा परेका छन्। 

निषेधाज्ञाबीच बिनाकाम सवारी चलाएर रमिता हेर्न निस्केका मानिसको सवारी नियन्त्रणमा लिइएको पर्सा प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए।  

प्रहरीको निसानामा बढी मोटरसाइकल 

सवारीमध्ये सबैभन्दा बढी मोटरसाइकल प्रहरीको नियन्त्रणमा परेका छन्। कुल पक्राउ परेका सवारी मध्ये ३४७ वटा मोटरबाइक छन्। त्यसै गरी चारचक्के सवारी २३ वटा, अटो रिक्सा २२ वटा, ४ वटा ठेला र ३ वटा ट्याक्टर पनि नियन्त्रणमा परेका प्रहरी नायव उपरिक्षक खनालले बताए।

नेपाली नम्बर नभएका सवारी भन्सारमा बुझाइने 

निषेधाज्ञा खुलेपछि काजगपत्र भएका सवारी सम्बन्धित व्यक्तिलाई बुझाइने छ। ट्राफिक नियम उल्लंघन गरी चलाइएका सवारीलाई भने कारबाही गरिने प्रहरीले जनाएको छ।

त्यसैगरी भारतीय नम्बर भएका र कागजपत्र नभएका सवारी चाही भन्सारमा बुझाइने छ। भन्सार बुझाइएका सवारी भन्सार पास गराएर मात्र सम्बन्धित पक्षले छुटाउन सक्नेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.