|

झापा : झापामा कोरोना संक्रमितको दर भने ज्यादै बढेको छ। एक सातामा चार गुणा संक्रमित बढेको सरकारी तथ्यांकले देखाएको छ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंका अनुसार सात दिनअघि वैशाख १४ गते संक्रमितको संख्या १९५ रहेको थियो। तर, मंगलबार यो संख्या बढेर ७४१ पुगिसकेको छ। यो साता ५४६ जना संक्रमित बढेका हुन्।

करिब एक महिनाअघि झापामा कोभिड–१९ को दोस्रो लहरबाट प्रभावित संक्रमितहरु देखा पर्न थालेका थिए। त्यसयता लगातार गुणात्मक रुपमा संक्रमण फैलिइरहेको छ। एक महिनाअघि जिल्ला स्वास्थ्य कार्यालयले झापामा संक्रमितको संख्या मात्र १३ रहेको जनाएको थियो।

सात दिनमा संक्रमण निकै फैलिएको छ। खुला सीमा भएकाले भारतबाट आउने र काठमाडौंबाट घर फर्किनेको संख बढेसँगै झापामा संक्रमण फैलिएको हो। झापामा गत वर्ष कोरोनाको पहिलो लहर सुरु भएयता १३६ जना संक्रमितको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.