|

बागलुङ : धौलागिरी अस्पताल बागलुङमा उपचारत दुई जना पुरुषको मृत्यु भएको छ।

एक जना कोरोना संक्रमित र एक जना संकास्पद संक्रमितको मृत्यु भएको हो।

बागलुङ नगरपालिका–४ का ७८ वर्षीय पुरुषको बिहीबार बिहान अस्पतालको सघन उपचार कक्षमा मृत्यु भएको अस्पतालले जनाएको छ।

वैशाख २० गते स्वास प्रस्वासमा समस्या भएर अस्पताल पुगेका उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो। ती व्यक्तिमा मधुमेह, उच्च रक्तचाप लगायत समस्या रहेको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरे बताए। 

स्वास प्रस्वासमा समस्या आएर बुधबार अस्पताल भर्ना भएको म्याग्दीको बेनी नगरपालिका–१ का ३३ वर्षीया पुरुषको बुधबार राति नै मृत्यु भएको छ। सघन उपचार कक्षमा उनको उपचार भैरहेको थियो।

अक्सिजनको मात्रा निकै घटिसकेको अवस्थामा अस्पताल आइपुगेका उनको पीसीआर जाँचका लागि थ्रोट स्वाब लिन समेत नभ्याइएको अस्पतालले जनाएको छ।

बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.