|

काठमाडौं : नेपाली कांग्रेसको संगठन विभागले कोरोना नियन्त्रणका लागि संघ ,प्रदेश र स्थानीय तहको समन्वयमा आवश्यक चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई करारमा भर्ना गर्ने प्रक्रिया अगाडि बढाउन माग गरेको छ।

विभाग प्रमुख गोपालमान श्रेष्ठले जारी गरेको विज्ञप्तिमा केन्द्र र प्रदेशमा रहेका ठूला अस्पताल, मेडिकल कलेजलाई कोभिड र साना अस्पताललाई ननकोभिड अस्पतालका रुपमा विकसित गरि आवश्यक वेड, आइसियु वेड र भेन्टिलेटरको संख्या वृद्धि गर्न, अक्सिजन प्लान्टको स्थापना गर्न र कोभिडको उपचारमा प्रयोग हुने एन्टीभाइरल औषधी तथा अन्य जीवन रक्षक औषधीको यथोचित प्रबन्ध गर्न नेपाल सरकार समक्ष माग गरेको हो।

कोभिड १९ महामारीका नियन्त्रण गर्न लगाइएको लकडाउनको कारण सम्पुर्ण व्यापार ,व्यवसाय बन्दको अवस्थामा छन्। लकडाउनका कारण रोजगार गुमाएको आम नागरिक, श्रमिक र साना व्यवसायीले भोग्नुपरेको पीडालाई मध्यनजर गर्दै आवश्यक राहतको प्याकेज ल्याउन पनि कांग्रेसले माग गरेको छ।

'नेकपा एमाले नेतृत्वमा रहेको वर्तमान सरकारको चरम लापरवाही, गैर जिम्मेवारपूर्ण रवैया र असंवेदनशील कार्यका कारण एकातिर देशको राजनीति अनिश्चित ,अन्योल र संकटग्रस्त देखिन्छ भने अर्कोतिर कोरोना महामारीको दोश्रो लहरसँगै मानवीय जीवनको रक्षा गर्न सरकार असक्षम रहेको छ', जारी विज्ञप्तिमा भनिएको छ, ' सरकार यस महामारी विरुद्धको लडाइलाई प्रभावकारी बनाउनको साटो सत्ताको छिनाझपटी मै अलमलिएको देखिन्छ। कोभिड-१९ को रोकथाम र नियन्त्रण गर्न आवश्यक कदम चाल्नुको साटो विद्यमान स्वास्थ्य प्रणालीले कोराना नियन्त्रण गर्न नसक्ने औपचारिक घोषणा गरि जनतामा ढाडस होइन सन्त्रास फैलाउन र आफ्नो जिम्मेवारीबाट भाग्ने प्रयास गर्दैछ।'

कोरोना महामारीले व्यापक रूपमा जनधनमा पुर्याएको क्षति र मुलुकको अर्थतन्त्रमा पारेको नकारात्मक असरलाई यो सरकार नजरअन्दाज गरेको, पार्टीको आन्तरिक द्वन्द्वलाई मात्र महत्व दिएर विभिन्न स्थानहरूमा आमसभा, भेला गर्ने , शिलान्यास र उद्घाटन को नाममा प्रधानमन्त्री आफै भिड जम्मा गर्न उद्धत रहेको कारण पनि कोराना संक्रमण वढाउन सरकार आफै जिम्मेवार रहेको कांग्रेसको ठहर छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.