|

काठमाडाैं : नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्थामा सुधार आएको छ।

केही समयअघि कोरोना संक्रमण भएका उनी ललितपुरस्थित नर्भिक अस्पतालमा उपचाररत छन्। आज उनको करोना रिपोर्ट नेगेटिभ आएको बताएका छन्। 

आज फेसबुकमार्फत उनले आफू विस्तारै स्वस्थ हुँदै गएको जनाएका छन्। उनले लेखेका छन्- करिब एक हप्ता अघि कोभिड-१९ को लक्षण देखा परे पश्चात म नर्भिक इन्टरनेशनल हस्पिटल थापाथलीमा भर्ना भएको थिए । डाक्टरहरुको निरन्तरको रेखदेख र उपयुक्त उपचारको कारण आज गरिएको कोभिड-१९ को रिपोर्ट नेगेटिभ आएको छ । अहिले मेरो स्वास्थ्य सुधारोन्मुख अवस्थामा रहेको र केहि समयको आराम पछि म अस्पतालबाट डिस्चार्ज भई सक्रिय रुपमा कामकाजमा फर्कनेछु ।

यस क्रममा मेरो उपचारमा खटिनु भएका सम्पूर्ण स्वास्थ्यकर्मीहरु प्रति हार्दिक आभार ब्यक्त गर्दछु । साथै मेरो स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पूर्ण आदरणीय नेता गणहरु, कार्यकर्ताहरु, आफन्तहरु, पत्रकार मित्रहरु, समर्थक तथा सुबेच्छुकहरु प्रति हार्दिक आभार ब्यक्त गदै धन्यबाद दिन चाहन्छु ।

करिब एक हप्ता अघि कोभिड-१९ को लक्षण देखा परे पश्चात म नर्भिक इन्टरनेशनल हस्पिटल थापाथलीमा भर्ना भएको थिए । डाक्टरहरुको...

Posted by Jhalanath Khanal - झलनाथ खनाल on Sunday, May 9, 2021

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.