|

काठमाडौं :  एमालेको विभाजन रोक्न अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबिच सहमतिको सम्भावना न्यून देखिएको छ। प्रयास भने जारी रहेकाे दुवै पक्षका नेताहरुले जनाएका छन्। 

एकता जोगाउने प्रयासका लागि आज बिहान ९ बजेसम्मको अल्टिमेटम  तथा ६ बुँदे प्रस्ताव गरेको नेपाल पक्ष र संसदको विश्वासको मत लिने तयारीमा रहेका ओली पक्षबीच वार्ताको पहल भए पनि ठोस रुप लिन सकेको छैन्।

अहिलेसम्म कुनै वार्ताका लागि पहल नभएको र आफूहरु घरमै रहेको नेपाल पक्षकी नेतृ तथा सांसद पवित्रा खरेल बताउँछिन्। खरेलकाअनुसार अहिलेसम्म अध्यक्ष ओली पक्षबाट कुनै ठोस पहल नभएको पनि बताउँछिन्। 

आइतबार दुवै पक्षको वार्तापछि एकता जोगाउनका लागि छलफल जारी राख्ने कुरा भएको थियो। यसमा वरिष्ठ नेता नेपालले पनि सहमति जनाएको एमाले नेता सुवास नेम्बाङ बताउँछन्।

तर नेता नेपालले अध्यक्ष ओलीलाई अल्टिमेटम दिएर पत्र लेखेकोले अव एकताको सम्भावना लगभग सकिएको एमालेका मुख्य सचेतक विशाल भट्टराईको तर्क छ। भट्टराईका अनुसार मिल्ने कुनै छाटकाट नै छैन्। यद्यपी प्रयास गरिरहेको पनि उनले बताए। 

माधव पक्षका स्थायी कमिटि सदस्य युवराज ज्ञवालीले भने, ‘प्रधानमन्त्री ओलीलाई दिएको समय अझै केही बाँकी छ। उहाँले चाहेमा वार्ता हुन सक्छ। तर उहाँहरुले चाहनु हुँदै भन्ने कुरा पहिले नै थाहा भएको हो। समसीमा नाघेपछि हामीले जे भनेका छौँ त्यहि गर्ने छौँ।’

नेपाल पक्षले बिहान साढे ९ बजेका लागि बैठक बोलाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.