|

काठमाडौं : सुनसरीको कोशी गाउँपालिका–१ का कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पताललमा उपचाररत ४३ वर्षीय पुरुषको सोमबार राति करिब ९ बजे मृत्यु भएका हो।

प्रतिष्ठानका प्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार ती पुरुषमा वैशाख १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनी वैशाख १६ गते प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भर्ना भएका थिए। मृतकको शव व्यवस्थापनको तयारी भइरहेको डा. पोखरेलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.