|

म्याग्दी : तीव्र रुपमा फैलिएको कोरोना संक्रमणलाई नियन्त्रण र व्यवस्थापन गर्न जारी निषेधाज्ञाको समय १० दिन थप गरिएको छ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बिहीबार बसेको बैठकले जिल्लामा वैशाख ३१ गतेसम्म जारी निधेषधाज्ञालाई १० दिन थप गरि जेठ १० गतेसम्म लागू गर्ने निर्णय गरेको हो।

जिल्लामा कोरोना संक्रमणको दर बढेको कारण संक्रमणलाई थप फैलन नदिन र नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञाको समयलाई थप गर्दै कडाई गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिए।

पहिलो चरणको निषेधाज्ञामा निश्चित समयका लागि खोल्न दिइएका अत्यावश्यक बाहेकका पसलहरु समेत खोल्न रोक लगाइने भएको छ।

बैंकहरुमा अत्यावश्यक सरकारी कारोवार र स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालयको सिफारिसमा मात्रै कारोवार गर्न नदिने निर्णय गरिएको छ।

बिरामी बोक्ने बाहेकको अन्य कार्यमा सार्वजनिक यातायात सञ्चालन गर्न रोक लगाउने, पूर्व निर्धारित बिवाहमा घरपरिवार मात्रै सहभागी हुन पाउने, मृत्यु संस्कारका कार्यहरुमा जनस्वास्थ्यका मापदण्डको पालना गरि न्यूनतम् मानिसहरु मात्रै सहभागी भएर सम्पन्न गर्न आग्रह गर्ने निर्णय गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.