|

कञ्चनपुर : कञ्चनपुरमा ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका–६ मौरीफाँटामा बिहीबार से१त ४४४१ नम्बरको ट्रयाक्टरले से३प ३००४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीका अनुसार मोटरसाइकलमा सवार ३० वर्षीय सुरज जप्रेल र २८ वर्षीय प्रकाश रोकायाको मृत्यु भएको हो।

प्रकाशको घट्नास्थलमै र सुरजको उपचारका लागि धनगढी लैजाने क्रममा मृत्यु भएको बताइएको छ। मृतक दुवै जना कृष्णपुर नगरपालिकाका बासिन्दा हुन्। ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.