|

काठमाडाैं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका रूपमा पुनः केपी शर्मा ओलीलाई नियुक्त गरेकी छन्। 

संसद‍्मा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्रीको रूपमा एमाले अध्यक्ष ओलीलाई नियुक्त गरेकी हुन्। राष्ट्रपतिले संविधानको धारा ७६(३) बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।  

वैशाख २७ गते प्रतिनिनिधिसभाबाट विश्वासको मत नपाएपछि ओली पदमुक्त भएका थिए। राष्ट्रपति भण्डारीले वैकल्पिक सरकार बनाउन दलहरूलाई तीन दिनको समयसीमा दिएकी थिइन्। तर यो समयमा बहुमत सरकार बनाउन कसैको दाबी नपरेपछि ठूलो दलको हैसियतमा ओली पुनः प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। 

उनलाई भोलि २ बजे राष्ट्रपतिले शपथ ग्रहण गराउने राष्ट्रपति कार्यालयले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.