बिक्री भएन काफल, बोटमै सुकेर झर्न थाल्यो

|

सल्यान : कोरोना भाइरस नियन्त्रण तथा उपचारका लागि भन्दै सरकारले निषेधाज्ञा जारी गरेपछि काफल बिक्रीबाट जीविकोपार्जन गर्नेहरु समस्यामा परेका छन्। अघिल्ला वर्षसम्म  न्यून आयस्रोत भएका ग्रामीण बासिन्दा  काफल बेचेर वर्ष दिनको खर्चको जोहो  गर्थे  तर यस वर्ष निषेधाज्ञा जारी हुँदा बोटमै सडेर गएको छ।

बिक्री नहुँदा काफल रुखमै सुकेर झरेर खेर गएको त्रिवेणी गाउँपालिका ३ पिमखोलाकी टीका पुनले बताइन्। विगतमा वर्षहरुमा श्रीनगर बजारसम्म बिक्री गर्न आउने गरेको भए पनि यो वर्ष भने काफल पाक्ने सिजनमै बन्द हुँदा समस्या भएको उनको भनाइ छ। उनले भनिन् ‘काफल बिक्री गरेर घरखर्च चलाउन निकै सजिलो हुन्थ्यो तर यसपालि एक रुपैयाँको पनि बिक्री गर्न सकिएन।’

अघिल्ला वर्षसम्म यो बेला  एउटै परिवारले काफल बिक्री गरेर  डेढ दुई लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको भए पनि यो वर्ष भने पाकेको काफल जंगल र बारीमै रहेको मेक कुमारी वलीले बताइन्। गर्त वर्ष काफल बिक्रीबाट मात्रै ३० देखि ४० हजारसम्म आम्दानी गरेको बताउँदै उनले यो वर्ष भने बिक्री नै गर्न नपाएको गुनासो गरिन्।

उनले भनिन्, ‘गते वर्ष नजिकैको बजारमा बिक्री गरेर ३० देखि ४० हजारसम्म आम्दानी भएको थियो जसले घरखर्च चलाउने निकै सजिलो भएको थियो तर यसपालि तर सबै काफल बोटमै छन्। चरालाई ठिक्क भएको छ।’

कोरोनाले विपन्न वर्गका परिवारले काफल बिक्रीबाट  गर्दै   आएको   आम्दानीको स्रोत नै बन्द गरिदिएको तुल्सी बस्नेतले बताइन्। उनले भनिन्,  ‘लकडाउनले सबै बजार पसल बन्द छन् मानिस नै घरबाट बाहिर निक्लन डराइ रहेका छन्। को आएर खाइदियोस् हाम्रा काफल।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.