|
तस्वीर : बाबुराम लामिछाने ।

चितवन : चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्रमा जन्मिएको एउटा छावाको नाम निकुञ्ज सुरक्षार्थ खटिएका अवस्थामा तस्करहरूद्वारा मारिएका कर्मचारीका नामबाट राखिएको छ।

११ दिनअघि नारायणी कलिले जन्माएको भाले छावाको नाम शुक्रबार 'शेषचन्द्र गज' राखिएको हो।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार २०७१ साल असोज ९ गते कामकै सिलसिलामा हिँडेका निकुञ्जका कर्मचारी शेषचन्द्र चौधरीलाई तस्करले गोली हानी हत्या गरेका थिए।

उनी ठोरीको दिवानगर पोष्टमा कार्यरत रहँदा बगइको जङ्गलमा गोली हानिएको थियो। निकुञ्जले संरक्षण शहीद घोषणा गर्नुपर्ने माग गरिरहेका चौधरीका सम्झनामा छावाको नाम राखिएको बरालले जानकारी दिए।

चौधरीका स्मृतिमा माडी ठोरी हुलाकी सडकको निकुञ्ज क्षेत्रमा पार्टी र चौतारी बनाइने योजना रहेको बरालले बताए।

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.