|

जनकपुरधाम : सिरहामा आगामी जेठ २१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ। यससँगै प्रदेश २ का आठवटै जिल्लामा निषेधाज्ञा जारी भएको छ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलको अनुसार सिरहा जिल्ला संकट व्यवस्थापन केन्द्रको आज शनिबारको निर्णयले शनिबार मध्यराति १२ बजेदेखि लागू हुने गरी जेठ २१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ।

प्रजिअ कँणेलले भने, ‘विज्ञको भने अनुसार नागरिकले सतर्कता अपनाए कोरोना न्यूनीकरण हुनेछ।  त्यसैले निषेधाज्ञाको पालना हुन्छ भन्ने विश्वास छ। अटेर गरेमा अझै कडाइ गर्दै लग्नेछौं।’

कोरोना महामारीको दोस्रो लहर फैलिएर कोरोना संक्रमण बढ्दै गएपछि सप्तरी र बाराले अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा लगाउने आदेश जारी गरेका छन्।

केही जिल्लाले क्रमशः निषेधाज्ञा लम्व्याउँदै लगेका छन्। रौतहटमा जेठ ७ गते राति १२ बजेसम्मका लागि र पर्सामा जेठ ६ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ। धनुषा, महोत्तरी र सर्लाहीमा यसअघि नै जेठ १० गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.