|

काठमाडौं : कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्ति गरेका छन्। 

प्रधानमन्त्री सचिवालयका सदस्य मनहरि तिमिल्सिनाले प्रधानमन्त्री प्रचण्डले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा प्राडा ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्राडा विजुकुमार थपलियालाई नियुक्त गरेकाे थाहाखबरलाई  जानकारी दिए। 

गत फागुन १८ मा पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिको कार्यकाल र मध्यपश्चिम विश्वविद्यालयमा फागुन १७ गते उपकुलपतिको कार्यकाल सकिएको थियो।

त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई संयोजक, राष्ट्रिय योजना आयोगका सदस्य रमेशचन्द्र पौडेल र शिक्षा सचिव सुरेश अधिकारी सदस्य भएको छनोट समितिले माघ २३ गते पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरेको थियो

यस्तै,मध्यपश्चिम विश्वविद्यालय तथा सुदूरपश्चिम विश्वविद्यालयको रिक्त हुने उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले गत माघ २६ गते १० दिनको समय दिएर उपकुलपति नियुक्तिका लागि विश्वविद्यालय अनुदान आयोग, सानोठिमी भक्तपुरमा दरखास्त आह्वान माग गरेको थियो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.