|

सल्यान : सल्यानमा होम आइसोलेसनमा बसेका थप एक जनाको मृत्यु भएको छ। शनिबार बिहान जिल्लाको छत्रेश्वरी गाउँपालिका–१ का २७ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल सल्यानका मेडिकल अधिकृत भीमकान्त जैसीले जानकारी दिए।

गएको २४ घण्टामा एक जनाको मृत्यु भएको छ। यससँगै सल्यानमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ। पछिल्लो समय होम आइसोलेसनमा बस्नेहरुको मृत्यु हुनेको संख्यामा वृद्धि आएको छ। जिल्लामा होम आइसोलेसनमा बसेका हालसम्म ६ जनाको मृत्यु भइसकेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.