|

सल्यान : कर्णाली प्रदेशमै पहिलो पटक जिल्ला अस्पताल सल्यानमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ। अक्सिजनको अभावमा कोरोना संक्रमितहरु छटपटाइरहेको समयमा अस्पतालमा शनिबारबाट अक्सिजन प्लान्ट सञ्चालनमा आएको हो।

सञ्चालन गरिएको अक्सिजन प्लान्टबाट तत्काल १० बेडमा उपलब्ध गराइएको स्वास्थ्य कार्यालय सल्यानका सूचना अधिकारी थलराज डिसीले बताए। प्रति मिनेट ४० लिटरका दरले अक्सिजन उत्पादन हुने उनले जानकारी दिए।

‘अक्सिजन प्लान्ट नहुँदा बाहिरी जिल्लाको भर पर्नु पर्ने बाध्यता थियो। अब उक्त बाध्यता केही दमसम्म कम हुने आशा लिएका छौं’ डिसीले भने,‘अक्सिजन प्लान्ट जडान भएपछि जटिल किसिमका संक्रमितहरुलाई उपचार गर्न सहज हुने छ।’

बिरामीको अक्सिजनको मात्रा अनुसार अन्य बेडमा समेत प्लान्ट जडान गरिने उनले जानकारी दिए। कर्णाली प्रदेश सरकारको ५१ लाख आर्थिक सहयोगमा अक्सिजन प्लान्ट निमार्ण भएको हो।

सुर्खेत र जुम्लामा अक्सिजन प्लान्ट भएपनि कोरोना लक्षित अक्सिजन प्लान्ट भने प्रदेशमै पहिलो पटक सल्यानमा जडान भएको डिसीले बताए। यसअघि जिल्लामा अक्सिजन प्लान्ट नहुँदा बिरामीहरुले सास्ती भोग्दै आइरहेका थिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.