|

डोटी : दोस्रो लहरको कोरोना भाइरसको संक्रमणका कारण सुदूरपश्चिम प्रदेशमा गत वैशाख महिनामा २५९ जनाको मृत्यु भएको छ। 

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका स्वास्थ्य निर्देशक डा. गुणराज विष्टका अनुसार वैशाख १८ गते १०, १९ गते १२, २० गते १४, २१ गते आठ, २२ गते नौ, २३ गते १७,  २४ गते १३, २५ गते १५, २६ गते १८, २७ गते १७, २८ गते ३१, २९ गते १४, ३० गते १७ र ३१ गते ३० जना सङ्क्रमितको मृत्यु भएको हो।

स्वाथ्य निर्देशनालयका अनुसार सबैभन्दा बढी कैलाली र कञ्चनपुरका संक्रमितको मृत्यु भएको छ। सुदूरपश्चिममा अधिकांशले अक्सिजन नपाएका कारण ज्यान गुमाउनु परेको स्वाथ्यकर्मीको भनाइ छ।

कोरोना भाइरस महामारी सुरु भएदेखि हालसम्म यस प्रदेशमा ३१७ जनाको मृत्यु भएको छ। निर्देशनालयका अनुसार वैशाखको अन्तिम साता कोरोनाबाट धेरैले ज्यान गुमाएका छन्। पछिल्लो पाँच दिनमा मात्रै कोरोनाबाट १०९ जनाको मृत्यु भएको छ। यहाँका अस्पतालमा अक्सिजन नपाउँदा तथा कोरोना संक्रमित भएका बिरामी समयमै राम्रो अस्पतालसम्म पुग्न नसकेका कारण ज्यान गुमाउन बाध्य भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.