|

जनकपुरधाम : महोत्तरीमा कोरोनाबाट एकै परिवारका दाजुभाइको मृत्यु भएको छ। एक साताभित्र सम्सी गाउँपालिका–५ का एकै परिवारका दाजुभाइको मृत्यु भएको हो। 

एक साताअघि बिरामी भएका ४२ वर्षीय भाइको उपचार क्रममा जनकपुरधामस्थित काव्य अस्पतालमा भएको थियो। पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएकै दिन उनको मृत्यु भएको थियो।

भाइको मृत्यु भएको एक सातापछि उनकै ५५ वर्षीय दाजुको पनि कोरोनाबाट आइतबार जनकपुरधामस्थित जानकी हेल्थ केयरमा उपचारको क्रममा मृत्यु भएको‍ वडाध्यक्ष पन्नु राय यादवले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.